Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

किशोरीलाई बलात्कार गरेकाे अभियोगमा दुई जना पक्राउ

काठमाडौं । किशोरीलाई बलात्कार गरेकाे अभियोगमा दुई जना पक्राउ परेका छन्। १६ वर्षीया ती किशोरीलाई बलात्कार गरेको अभियोगमा मकवानपुरकाे बकैया गाउँपालिका–६ कोल खहरे बस्ने ४८ वर्षीय काजिमान राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले ती किशोरीलाई आफ्नै घरको कोठामा बोलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै सिरहाकी १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको अभियोगमा मिर्चैया नगरपालिका-३ राघोपुरस्थित रहेको बजरङ इँटा उद्योगमा काम गर्ने भारत घर भएका २० वर्षीय पिन्टु भन्ने रबि प्रकाश बर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बर्माले ती किशोरीलाई बैशाख ३० गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077