Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानमा ९९ यात्रुसहित १०७ जना चढेको विमान दुर्घटना

काठमाडौं । पाकिस्तानमा एक विमान दुर्घटना भएको छ । कराँचीमा विमान दुर्घटना भएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।

राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेको हो ।

घटनास्थलमा धुवाँ उडेको देखिएको थियो । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आएको छैन । पाकिस्तानमा कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउन खुला गरेर उडान सुरु हुन थालेका थिए ।

पाकिस्तानी समाचार संस्थाहरुका अनुसार विमानमा ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ थिए। ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077