Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पहिले टावरमा ठोकियो विमान,त्यसपछि कराँचीका घरहरूमाथि खस्यो

एजेन्सी । पाकिस्तानको कराँचीमा बिमान दुर्घटना हुँदा  ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ।

फ्लाइट पीके ८३०३ मा ९१ जना यात्रु र आठजना चालकदलका सदस्यहरू थिए र उक्त विमान जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने प्रयासमा थियो।

विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जना थिए ।

मेयर वासिम अख्तरले विमन खसेकाले कम्तीमा ५, ६ ओटा घर ध्वस्त भएको पनि जानकारी दिएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेको हो ।

घटनास्थलमा धुवाँ उडेको देखिएको थियो ।  पाकिस्तानमा कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउन खुला गरेर उडान सुरु हुन थालेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार विमान दुई या तीन पटक अवतरणको असफल प्रयास गरेपछि दुर्घटनाग्रस्त बनेको थियो । ‘विमान पहिले मोबाइल टावरमा ठोकियो र त्यसपछि घरहरूमाथि खस्यो,’ प्रत्यक्षदर्शी शकिल अहमदले भने ।

विमान अवतरण गर्नुभन्दा केही अघि मात्र दुर्घटनाग्रस्त बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077