Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अर्थमन्त्रीकाे बजेट भाषण: कोरोनाबाट नागरिकको जीवन रक्षा गर्ने दायित्वबोध गरेको छु

    अर्थमन्त्रीकाे बजेट भाषण: कोरोनाबाट नागरिकको जीवन रक्षा गर्ने दायित्वबोध गरेको छु

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 2.9K
    SHARES

    काठमाडौँ – आगामी आर्थिक वर्षका लागि संसदमा बजेट प्रस्तुत सुरु भएको छ। मन्त्रिपरिषद्ले स्वीकृत गरेको बजेटलाई अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन्।

    उनले सम्बाेधनका क्रममा कोरोनाबाट नागरिकको जीवन रक्षा गर्ने दायित्वबोध गरेको बताएका छन्। उनले चालु आर्थिक वर्षमा १० खर्ब ७३ अर्ब सरकारी खर्च हुने अनुमान रहेकाे बताए। त्यस्तै उनले भने,’विदेशी मु्द्रा सञ्चिती ११ खर्ब ५६ अर्ब पुगेको छ, निर्यात १२ .९ प्रतिशतले बढेको भने आयात घटेको छ ।’



    उनले सम्बाेधनका क्रमम चालु आर्थिक वर्षमा लगानी बोर्ड मार्फथत १४ खर्ब ३५ अर्बको लगानी प्रतिवद्धता प्राप्त भएको जानकारी दिए।



    उनले विमामा पहुँच पुग्नेको संख्या ५६ लाखबाट ७० लाख पुगेको बताए। असहज परिस्थितिका बीच सडक विमानस्थल र सिञ्चाई योजना बनिरहेका समेत उनले सम्बाेधनकाे क्रममा जानकारी दिए ।

    उनले सम्बाेधनमा भने,’आधारभूत खानेपानी ९० प्रतिशत पुगेको छ, काठमाडौं उपत्यका सडकबालक मुक्त भएको छ, सामाजिक र आर्थिक क्षेत्रको प्रगति उत्साहजनक छ।’
    उनले मुद्रास्फिती ६.८ प्रतिशतमा सीमित रहेकाे बताए।

    उनका अनुसार कुल ग्राहर्थ उत्पादनको अनुमानमा कुल लगानी ५० प्रतिशत हाराहारी छ । पर्यटन यातायात निर्माण तर्फको उद्योग संकुचित हुने अनुमान रहेकाे उलने सम्बाेधनकाे क्रममा जानकरी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार