Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • नयाँ नक्सा समेटिएको निशान छापसम्बन्धी प्रस्ताबको सूचना राजपत्रमा प्रकाशित

    नयाँ नक्सा समेटिएको निशान छापसम्बन्धी प्रस्ताबको सूचना राजपत्रमा प्रकाशित

    अनलाइन नेपाल
  • सोमबार, १९ जेष्ठ २०७७
  • 8K
    SHARES

    काठमाडौं। सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटर तयार पारेको नयाँ नक्साको निशान छाप संविधानको अनुसूचिमा राख्ने सम्बन्धि संशोधन प्रस्ताव राजपत्रमा प्रकाशित भएको छ । ।

    नयाँ नक्सा अनुसार संविधानको अनुसूचीमा रहेको नेपालको निशान छाप बदल्नको लागि सरकारले संविधान संशोधन गर्न लागेको छ ।



    संविधान संशोधन प्रस्ताव संसदमा पेश भएको ३० दिनभित्र सर्वसाधारणको जानकारीका लागि सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्ने व्यवस्था अनुसार आइतबार नै राजपत्रमा प्रकाशन भएको हो ।



    संविधानको अनुसूची ३ को निशान छाप संशोधनका लागि सरकारले आइतबार संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएको थियो । संविधान सशोधनका लागी दुई तिहाइ मत आबश्यक पर्ने हुँदा सरकारले संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सबै दलहरुलाई आह्वान गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार