Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

काठ व्यापारीबाट तीन लाख बुझ्दा बुझ्दै वडाध्यक्ष पक्राउ

बुटवल। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाल्पा जिल्लाको स्थानीय तहका एक जनप्रतिनिधिलाई घुससहित पक्राउ गरेको छ ।

रैनादेवी छहरा गाउँपालिका वडा नं ७ का वडाध्यक्ष देवेन्द्र पुनलाई टोलीले शनिवार बिहान करिब ८ बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १० झिमझिमे भन्ने स्थानबाट काठ व्यवसायीबाट तीन लाख बुझ्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

ती व्यक्तिलाई लिलामीको काठ मिलाइदिने भन्दै रकम माग गरी बुझ्दै गरेको अवस्थामा नगदसहित नियन्त्रणमा लिइएको अख्तियारले जनायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077