Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • वाणिज्यले प्रहरीमार्फत व्यबसायीसँग ‘बार्गेनिङ’ गरेपछि परिसरले फिर्ता बोलायो प्रहरी

    वाणिज्यले प्रहरीमार्फत व्यबसायीसँग ‘बार्गेनिङ’ गरेपछि परिसरले फिर्ता बोलायो प्रहरी

    अनलाइन नेपाल
  • आइतबार, २५ जेष्ठ २०७७
  • 2.9K
    SHARES

    काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले  बजार अनुगमनका नाममा प्रहरी दुरुपयोग गरेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले त्यहाँ खटाइएका प्रहरीलाई  फिर्ता बोलाएको छ।

    विभागले गर्ने अनुगमनलाई  सुरक्षा दिन परिसरले  सई, असई र दुई हवल्दारसहित चार जनालाई खटाएको थियो। तर, विभागले भने प्रहरीलाई दुरुपयोग गर्दै व्यवसायीलाई फोन गर्न लगाएको प्रमाण नै भेटिएको छ । प्रहरीलाई दुरुपयोग गरेको सूचना महानगरीय प्रहरी परिसरमा पुगेपछि ती प्रहरीलाई फिर्ता बोलाइएको परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले वताए। एसएसपी  ज्ञवालीका अनुसार विभागका कर्मचारीले गैरव्यावसायिक काम गर्नेदेखी घरमा नै प्रहरी लगेर काममा लगाउने गरेको खुलेको छ।



    अनुगमनका क्रममा सुरक्षा दिने मात्रै प्रहरीको काम हो ।  व्यवसायीलाई बोलाउनै परे कार्यालयबाट आधिकारिक पत्र पठाउनुपर्नेमा विभागले त्यसो नगरेको पाइएको छ।  प्रहरीलाई गलत ड्युटीमा खटाइए पछि परिसरले फिर्ता बोलाए पनि विभागका महानिर्देशक नेत्र सुवेदीले भने परिसरले गलत निर्णय गरेको आरोप लगाउने गरेका छन्।



    विभागको अनुगमन शाखाले  मास्क र सेनिटाइजरको अनलाइन मार्केटिङ गर्ने न्यूरोड लगायतका व्यवसायीलाई खरिदबिक्री र दर्तासहितको विवरण प्रहरी मार्फत विभागमा बोलाएर बयान लिन थालेको थियो। स्रोतका अनुसार बिभागका कर्मचारीले प्रहरीमार्फत व्यबसायीहरुलाई गलत तरिकाले हैरानी पारेको बिषयमा केही व्यबसायीले परिसर टेकुमा खबर गरेका थिए।

    तर, नियतवश प्रहरीलाई फोन गर्न लगाएर विभागले गल्ती गरेको खुलेपछि वाध्य भएर परिसर काठमाडौंले उक्त निर्णय गरेको बुझिएको छ। एक उपभोक्ता अधिकारकर्मीका अनुसार बिभागका कर्मचारीले व्यवसायीसँग बार्गेनिङका लागि  प्रहरीमार्फत  व्यवसायीहरुलाई हैरानी पार्न थालेका थिए।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार