Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • घुस र लागूऔषधमा प्रहरी नै पक्राउ काण्ड सेलाउन नपाउँदै फेरि तीन प्रहरी निलम्वित

    घुस र लागूऔषधमा प्रहरी नै पक्राउ काण्ड सेलाउन नपाउँदै फेरि तीन प्रहरी निलम्वित

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असार २०७७
  • 4.2K
    SHARES

    जनकपुर । नेपाल प्रहरीमा भ्रष्टाचार र आपराधिक कृयाकलाप एकाएक बढेर गएको छ । प्रहरी अधिकारीहरु नै लागूऔषध र घुस प्रकरणमा पक्राउ परेको घटना सेलाउन नपाउँदै २ नम्बर प्रदेशमा पनि तीन जना प्रहरी निलम्वित भएका छन् ।

    दुई नम्बर प्रदेश प्रहरीले इप्रका पिपरा रजवाडा रौतहट दरबन्दी भई प्रहरी चौकी औरैया रौतहटमा कार्यरत असई ललित साह र प्रहरी जवान दिनेश हजारा निलम्वित भएका हुन् ।



    उनीहरुले वित्तीय अपराध (हुण्डी) मा संलग्न व्यक्तिलाई आर्थिक प्रलोभनमा परी सहयोग पुर्याएको प्रमाणित भएको हुँदा कारबाही स्वरुप निलम्वन गरिएको दुई नम्बर प्रदेश प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहले बताए ।



    त्यस्तै इप्रका देवाही गौनाही रौतहट दरबन्दी भई प्रहरी चौकी ब्रम्हपुरी रौतहटमा कार्यरत असई सञ्जयकुमार झालाई पनि आचरण विपरित काम गरेको अभियोगमा निलम्बन गरिएको डिआईजी सिंहले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार