Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

अख्तियारद्वारा कराेडपति सुब्बाविरूद्ध भ्रष्टाचार मुद्दा

भक्तपुर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेविरूद्ध ५ करोडको भ्रष्टाचार मुद्दा लगाएको छ।

अख्तियारले २०५४ साल पुसदेखि २०७६ वैशाखसम्म सरकारी सेवामा रहँदा उनले ५ करोड ४३ लाख २७ हजार बराबरको अवैध सम्पत्ति थुपारेको भन्दै मंगलबार भ्रष्टाचार मुद्दा चलाएको हो।

उनलाई २ वर्षसम्म कैद र विगो बमोजिम जरिवाना माग गरिएको छ। उनले भ्रष्टाचार गरी कमाएको सम्पत्ति जफत गर्न पनि अख्तियारले माग गरेको छ।

सरकारी सेवाको २२ वर्ष अवधि र अरू सम्पत्ति गरी उनको वैध आय जम्मा १ करोड १७ लाख ४१ हजार हुने पनि अख्तियारले जनाएको छ।

तर, काफ्लेले आफ्नो हैसियतभन्दा पनि धेरै जग्गा जमिन खरिद गर्ने, महँगोमा खरिद गरेर कम मूल्यका कागजात बनाउने, र श्रीमतीको नाममा सम्पत्ति थुपार्ने गरेको भन्दै उजुरी परेको थियो।

उक्त उजुरीमा छानबिन गर्दा काफ्लेले सार्वजनिक सेवाको पदमा बहाल भएका बेला गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तरयापन गरेको तथ्यप्रमाणबाट पुष्टि हुने अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

उनकी श्रीमतीको नाममा रहेका जग्गा जमिन, बैंक ब्यालेन्स रोक्का गरी जफत गर्न पनि अख्तियारको माग छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077