Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जनतामाझ अलोकप्रिय ट्रम्पलाई चुनाव हार्ने डर

    जनतामाझ अलोकप्रिय ट्रम्पलाई चुनाव हार्ने डर

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 2.5K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने निर्वाचनमा हार्ने डर बढेर गएको छ। सोही कारण उनले आफूले हारेमा अन्य पेशामा लाग्ने बताएको टिप्पणी हुन थालेको छ।

    विपक्षी डेमोेक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार जोए बाइडेन र ट्रम्पबीच आगामी नोभेम्बरमा राष्ट्रपतिका लागि मुख्य प्रतिष्पर्धा हुँदैछ । बाइडेनले रिपब्लिकन पार्टीले धोका दिनसक्ने र ह्वाइट हाउस छाड्न अस्वीकार गर्नसक्ने प्रतिक्रिया दिएपछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो ।



    शुक्रबार फक्स न्युजसँग ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् । चुनावअघि कोरोना भाइरस महामारीका बावजुद ट्रम्प र बाइडेन चुनावी प्रतिष्पर्धाका लागि जुटिरहेका छन् । तर यसअघि भएका नमूना मतदानमा बाइडेनले नै ट्रम्पलाई जितेका छन् । । बाइडेनले भने उनी चुनावी नतिजा स्वीकार गर्न तयार नहुने टिप्पणी गरेका थिए ।



    ट्रम्पले यदी २०२० को चुनाव जितेको खण्डमा उनी दोस्रो पटक अमेरिकाको राष्ट्रपति बन्नेछन् । पछिल्लो समय उनी अमेरिकी जनतामाझ विवादित बन्दै अलोकप्रिय बन्दै गएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार