Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

घुस लेनदेन गर्दागर्दै मालपोतका अधिकृतसहित ५ जना पक्राउ

काठमाडौं ।  मालपोत कार्यालय डिल्लीबजारमा ८ लाख रुपैयाँ घुस लेनदेन गर्दागर्दै प्रशासकीय अधिकृत रघु कँडेलसहित ५ जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई घुससहित मंगलबार राति पक्राउ गरेको हो ।

गोंगबुको ३ रोपनी जग्गा कित्ताकाटका लागि प्रतिआना २ लाखका दरले घुस मागेका थिए । सेवाग्राहीले अख्तियारसँग सम्पर्क गरी ८ लाख २० हजार घुस दिएपछि कँडेलसहित ५ जना पक्राउ परेका छन् । घुससहित पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । डिल्लीबजार मालपोत कार्यालयका प्रमुख गोविन्द अधिकारीको फितलो प्रशासनका कारण त्यो कार्यालय नै अस्तब्यस्त छ ।

भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले अधिकारी जस्ता कार्यालय संचालन नै गर्ननसक्ने उपसचिवलाई डिल्लीबजार जस्तो संवेदनशील मालपोत कार्यालयको प्रमुखका रुपमा पठाउँदा त्यो कार्यालय पटक पटक विवादमा पर्दैआएको छ ।

भूमि ब्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले कार्यभार सम्हाल्नासाथ यो घुस प्रकरणले उनलाई पनि चुनौती थपेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077