Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्वारेन्टिनमा रहेका पुरुषले गरे रुखमा झुण्डिएर आत्महत्या

काठमाडौं । भारतको पञ्जाबबाट आएर क्वारेन्टाइनमा बसेका अर्घाखाँचीका एक पुरुषले आत्महत्या गरेका छन् ।

अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले गएराति आत्महत्या गरेका हुन् ।

विद्यालयको एउटा कोठामा सँगै बसेका दुईजना साथीहरु निदाएपछि रातको समयमा उनले विद्यालय नजिकैको एक रूखमा झुण्डिएर आत्महत्या गरेको वडा अध्यक्ष कमल पौडेलले बताए ।

२४ गते गरिएको आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ आएपछि पीसीआर परीक्षणका लागि २५ गते उनको स्वाबको नमुना लिएर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो ।

तर, अहिलेसम्म पनि पीसीआर रिपोर्ट आएको छैन । उनी भारतबाट आएको २५ दिन भएको थियो । उक्त क्वारेन्टाइनमा २५ जना रहेका छन्

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077