Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

घुससहित समातिएका ६ कर्मचारीलाई १५ दिन थुनामा राख्न अनुमति

काठमाडौँ । विशेष अदालतले घुससहित समातिएका मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृतसहित ६ जनालाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

घुससहित पक्राउ परेका मालपोत अधिकृत कँडेल, नायब सुब्बाहरु उद्वव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाललाई थुनामा राखेर अनुसन्धान गर्न  अदालतले अनुमति दिएको हाे।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई पक्राउ गरेको थियो। आयोगले बुधबार ६ जनालाई नै अनुसन्धानका लागि म्याद थपका लागि पेस गरेको थियो।

आयोगले आठ लाख ५० हजार रुपैयाँ घुससहित उनीहरूलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077