Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

घूस प्रकरणमा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख नै तानिए

काठमाडौं। ८ लाख रुपैयाँ घुससहित मालपोत कार्यालय डिल्लीबजारका प्रशासकीय अधिकृत रघु कँडेलसहित ५ जना पक्राउ परेपछि लहरो तान्दा पहरो गर्जिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले घूस प्रकरणमा छानविनका लागि मालपोत कार्यालय डिल्लीबजारका प्रमुख (उपसचिव) गोविन्द अधिकारीलाई जिम्मेवारीबाट हटाएएर भूमि व्यवस्था विभागमा तानेको छ ।

घुस काण्डमा उनको संलग्नता देखिएपछि विभागमा तानिएको स्रोतले वतायो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयका ६ कर्मचारीलाई मंगलबार घूससहित पक्राउ गरेको भोलिपल्टै उनलाई कारबाहीका लागि तानिएको हो।

अख्तियारले  मालपोल अधिकृत रघुवंश कँडेल, नायब सुब्बा उद्धव सापकोटा र गोपाल खड्का, खरिदार दीपक खनाल, नवराज घिमिरे र नारायणप्रसाद पोखरेललाई पक्राउ गरेको थियो।

विशेष अदालतले घुससहित समातिएका ६ जनालाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । लकडाउनका कारण लामो समय बन्द रहेका मालपोत कार्यालयहरू सोमबारदेखि खुलेका थिए । यही मौकामा घुसको कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077