Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बमजनको आश्रममा सिआईबीले छापा मार्नु अघि कसले चुहायाे सूचना ?

काठमाडौं । सिन्धुलीस्थित रामबहादुर बम्जनको आश्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले आज (बिहीबार) छापा मारेको छ ।

सीआईबीको टोली उनलाई पक्राउ गर्न पूर्ण तयारीका साथ त्यहाँ पुगेको भएपनि पहिले नै सूचना चुहाएका कारण उनी भाग्न सफल भएको स्रोतले बतायो ।

सिआईबीले ८ घण्टा सर्च अपरेशन चलाए पनि उनी भने जंगलतिर नै भाग्न सफल भएका थिए । प्रहरीले सिन्धुलीस्थित बम्जन आश्रममा छापा हानेको यो तेस्रो पटक हो ।

बम्जनमाथि बलात्कार, हत्या र मानिस बेपत्ता पारको आरोप छ । जिल्ला आदालत सिन्धुलीले पनि उनलाई पक्राउ गर्न पूर्जी दिइसकेको छ ।

बमजनका सिन्धुलीस्थित आश्रमबाट आनीहरू सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा तथा दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइवा पनि बेपत्ता छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077