Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अमेरिकाप्रति किन भयाे चीन आक्राेशित?

    अमेरिकाप्रति किन भयाे चीन आक्राेशित?

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असार २०७७
  • 2.6K
    SHARES

    काठमाडौं। दक्षिण एसियामा चीनको बढ्दो खतरा रोक्नका लागि अमेरिकाले आफ्नो सेना तैनाथ गर्ने बताएपछि चीन आक्राेशित हुँदै जवाफ दिएकाे छ।

    बिहीबार अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले भनेका थिए ‘दक्षिण पूर्वी एसियाली देशहरुको अगाडि चीनको बढ्दो खतरालाई मध्यनजर गर्दै अमेरिका युरोपमा आफ्ना सैनिकको तैनाथी घटाएर उनीहरुलाई सही स्थानमा तैनाथ गर्दैछ ।’ यसको जवाफ चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले दिएको छ ।



    ग्लोबल टाइम्सले लेखेको छ ‘चीन र भारतको बीच सीमा विवाद रातारात पैदा भएको होइन । एक समय थियो जतिबेला दुई देशको तनाव ठूलो खतरा थियो । भारत त्यतिबेला पनि कुनै देशमा निर्भर भएन त्यसैले यो तर्क पूरै गलत छ कि अहिलेको सीमा तनावमा भारत कुनै उक गुटको साथमा जान बाध्य हुनेछ । सीमा विवादलाई युद्धतर्फ लैजाने चीनको कुनै चाहना छैन । गलवान घाटीमा भारतीय पक्षले उक्साएपछि मात्र संघर्ष सुरु भयो । यहाँसम्म कि प्रधानमन्त्री नरेन्द्र मोदीले स्वयं स्वीकार गरे कि भारतीय सीमाभित्र कसैले घुसपैठ गरेको छैन ।’



    अखबारले अगाडि लेखेको छ ‘हामीले अमेरिकाको हातमा परेका देश वा क्षेत्रलाई देखेका छौं । उनीहरु सबै अमेरिका वा उसको हितको लागि काम गर्न इच्छुक छन् । अस्ट्रेलिया होस्, क्यानडा होस् वा ताइवान द्वीप, यी सबैको गणना यही श्रेणीमा गर्न सकिन्छ । तर यी देश या त आफ्नो हितको सौदा गरिरहेका छन् या आफ्नो सम्प्रभुता अमेरिकाको हातमा गुमाइरहेका छन् । ताइवानको हकमा त सम्प्रभुताको कुरा गर्नै बेकार छ किनकि उसका सबै हित अमेरिकाको नियन्त्रणमा छन् । उसले चाहोस् वा नचाहोस्, ऊ अमेरिकाको इशारामा नाच्नुपर्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार