Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चिट्ठाकाे नाममा सरकारी कर्मचारीलाई ठग्ने समूह पक्राउ

काठमाडाैँ । सामाजिक सञ्जाल प्रयोग गरी चिठ्ठाकाे नाममा लाखौँ रुपैयाँ ठगी गर्ने ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा झापा भद्रपुरनगरपालिका–२१ का २४ वर्षीय पुकार बर्मा, काभ्रेका २२ वर्षीय नवीन भण्डारी, रौतहटका १९ वर्षीय आकाश अग्रवाल, सोही जिल्लाका एस अग्रवाल, भारत विहारका २२ वर्षीय एमडी सर्फराज, वीरगञ्ज महानगरपालिका–२९ का कृष्णप्रसाद साह र सोही स्थानका २० वर्षीय सुनील साह छन् ।

महानगरीय अपराध महाशाखाका अनुसार उनीहरूले भाइबर, ह्वाट्सएप, इमोजस्ता सामाजिक सञ्जाल प्रयोग गरेर विभिन्न व्यक्तिलाई चिठ्ठा पर्‍याे भन्दै ठगी गरेका हुन्।

यसरी ठगिनेहरूमा उच्च पदस्थ सरकारी कर्मचारीसमेत रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077