Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आलुको बोराभित्र हालेर साढे तीन लाख रुपैयाँ ल्याउने दुई जना पक्राउ

वीरगञ्ज । सशस्त्र प्रहरी बलले ३ लाख ५३ हजार रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

पर्साको छिपहरमाई गाउँपालिका–२ का ३३ वर्षीय जन्मजय यादव र २० वर्षीय रञ्जन बैठालाई एक हजार, पाँच सय, एक सय, ५०, २०, १० र ५ दरका नोट गरी कुल ३ लाख ५५ हजार सहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

आलुको बोरामा लुकाएर नेपाल भित्र्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

दुवै जनालाई बैङ्किङ तथा वित्तीय कसुर मुद्धाअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077