Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सीमा सुरक्षाबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा १५ दिन भित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले सीमा सुरक्षाका विषयमा परेको एउटा रिट निवेदनका सन्दर्भमा १५ दिन भित्र कारण सहितको लिखित जवाफ पेश गर्न आदेश भएको हो ।

भारतसँगको नेपालको सीमा ब्यवस्थित नभएका कारण धेरै समस्याहरु रहेको दावी सहित नेपाल सरकारको नाममा आदेशको माग गर्दै दायर भएको रिट निवेदनको सुनुवाईपछि सर्वोच्चले विषयवस्तुको गंभीरतालाई समेत मध्यनजर गरी अग्राधिकार समेत दिएको छ ।

शुक्रबार भएको सनुवाईमा रिट निवेदक सालिकराम सापकोटा, बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की र अधिवक्ताहरु मनीषकुमार श्रेष्ठ, विकास भट्टराई, अनन्तराज लुईटेल, कीर्तिनाथ शर्मा पौडेल, रामेश्वरप्रसाद कोइराला तथा अमिता गौतम लगायतले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077