Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिकामा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु, चार घाइते

    अमेरिकामा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु, चार घाइते

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 2.7K
    SHARES

    एजेन्सी। अमेरिकाको क्यालिफोर्नियास्थित वाल्मार्टमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

    कारमा आएका एक व्यक्तिले वाल्मार्टमा अन्धाधुन्ध गोली चलाएका थिए। प्रहरीका अनुसार ती व्यक्तिको गोलीबाट वाल्मार्टका कामदार र अर्का एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो ।



    अर्ध–स्वचालित बन्दुकबाट जथाभावी गोली चलाएका उनलाई प्रहरीले तत्कालै प्रतिकार गरेको र उनी प्रहरीको गोलीबाट मारिएको टेहामा काउन्टीका प्रहरी अधिकृत फिल जोन्स्टनले बताएका छन्।



    प्रहरीले आक्रमणकारीको पहिचान खुलाएको छैन, तर प्रहरी अधिकृत जोन्स्टनले ती व्यक्ति रेड ब्लफ क्षेत्रकै बासिन्दा रहेको बताए। -रासस/एपी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार