Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इरानले पक्राउ पुर्जी जारी गर्दा किन माैन छन् ट्रम्प ?

इरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध इरानले पक्राउ पुर्जी जारी गरेको छ । समाचार संस्था एपीका अनुसार इरानी अधिकारीले ट्रम्पलाई पक्राउ गर्न इन्टरपोलसँग सहयोग माग्दै अनुरोध पठाएका छन्।

गत जनवरीमा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानीको इराकको राजधानी बग्दादमा हत्या गरेको आरोपमा इरानले ट्रम्पसहित ३६ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।

तेहरानका अभियोजनका अली अल्क्वासिमेरले उनीहरूमाथि हत्या र आतंकवादको अभियोग लगाइएको बताए। ट्रम्पबाहेक अरू क-कसलाई पुर्जी जारी गरिएको हो भन्नेबारे उनले खुलाएनन्। ट्रम्प राष्ट्रपतिबाट हटेपछि पनि इरानले उनलाई पक्रने उनको भनाइ छ।

फ्रान्सको लियोनमा मुख्यालय रहेको इन्टरपोलले इरानी अनुरोधबारे कुनै प्रतिक्रिया दिएको छैन। अल्क्वासिमेरले इन्टरपोलसँग ट्रम्प र उनका अन्य अधिकारीमाथि रेड नोटिस जारी गर्न अनुरोध गरिएको बताए। गत जनवरीमा ड्रोन आक्रमणमा मारिएका त्यहाँका एक उच्च अधिकारीको विषयमा पुर्जी जारी गरिएको फार्स समाचार एजेन्सीलाई उद्धृत गर्दै सीएनएनले पनि लेखेकाे छ ।

इरान सैनिक कमान्डर कसेम सोलेमानीको हत्या प्रकरणमा पक्राउ पुर्जी जारी गरिएका ३६ जनामध्ये ट्रम्प एक हुन् । तेहरानका महान्यायाधिवक्ता अलि अलकासीका अनुसार ट्रम्प ३६ जनाको सूचीमा पहिलोमा पर्छन् । ट्रम्पको राष्ट्रपतीय कार्यकाल समाप्त हुनेबित्तिकै उनीविरुद्ध मुद्दा चलाइने दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077