Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

न्यायाधीशका अंगरक्षकद्वारा कन्चटमा गोली हानी आत्महत्या

धरान ।  जिल्ला अदालत सुनसरीका न्यायाधीश शंकर राईका अंगरक्षक प्रहरी हबल्दारले आँफैलाई गोली हानी आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार प्रहरी हबल्दार ओमप्रकास खतिवडाले सोमबार बेलुका आफैंले बोकेको पेस्तोलबाट गोली हानी आत्महत्या गरेका हुन ।

हबल्दार खतिवडाले जिल्ला अदालत परिसरमा नै कन्चटमा चाइनिज  पेस्तोलले आफैंलाइै गोली हानेको खुलेको छ ।

थापाका अनुसार  प्रहरी ब्यारेकमा बसेका उनी अदालतको छतमा गएर फोनमा कुरा गरिरहेको अवस्थामा आफैंलाई गोली हानेर ढलेका थिए ।

गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा पुयाइएकोमा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

प्रहरीले आत्महत्याको कारणबारे अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077