Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दाङमा वडाध्यक्षमाथि अज्ञात समूहद्वारा कुटपिट

    दाङमा वडाध्यक्षमाथि अज्ञात समूहद्वारा कुटपिट

    अनलाइन नेपाल
  • मंगलबार, १६ असार २०७७
  • 5.7K
    SHARES

    फाइल : तस्बिर

    काठमाडौं । दाङमा वडाध्यक्षमाथि अज्ञात समूहद्वारा कुटपिट भएकाे छ। शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि कुटपिट भएको हाे ।

    दाङका प्रहरी प्रवक्ता एवं डीएसपी सुमित खड्काले वडा कार्यालयस्थित आफ्नै कार्यकक्षमा बसिरहेको समयमा मंगलबार करिब साढे ११ बजेको समयमा वडाध्यक्ष डाँगीमाथि अज्ञात समूहले आक्रमण गरेको जानकारी दिए ।



    डीएसपी खड्काका अनुसार चार/पाँच जनाको समूहले वडाध्यक्ष डाँगीमाथि लाठी प्रहार गर्दा उनको टाउको र हातमा चोट लागेको छ । घाइते वडाध्यक्ष डाँगीलाई उपचारका लागि तुल्सीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा लगिएको उनले बताए । वडाध्यक्ष डाँगीमाथि कुटपिट हुनुका साथै उनीहरुले कालोमोसो दल्ने प्रयास समेत गरेको खड्काको भनाइ छ ।



    वडाध्यक्ष डाँगीमाथि कसले र कुन समूहले किन आक्रमण गरेको हो भन्नेबारे अहिले खुल्न नसकेको र आक्रमण गर्ने समूहको खोजीकार्य भइरहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार