Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मदिरा सेवन गरि प्रहरीमाथि कुटपिट, दुईजना खसी कारोबारी पक्राउ

    मदिरा सेवन गरि प्रहरीमाथि कुटपिट, दुईजना खसी कारोबारी पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 1.7K
    SHARES

    कैलाली । धनगढीमा मदिरा सेवन गरेर प्रहरीमाथि कुटपिट भएको छ ।

    शनिबार राति धनगढीको राजपुर चोकमा मोटरसाइकल चेकजाँचका क्रममा भएको विवादमा खडक कुँवरसहितका दुई जनाले प्रहरीमाथि कुटपिट गरेका हुन् ।



    प्रहरीले कुटपिट गरेको अभियोगमा उनीहरु दुई जनालाई नियन्त्रणमा लिएको छ ।



    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार खसीको कारोबार गर्दै आएका उनीहरूले राजपुर चोकमा प्रहरी सहायक निरीक्षक बहादुरसिंह ऐरीसहितका प्रहरीमाथि हातपात गर्दै कुटपिट गरेका थिए । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार