Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • शिखर नगरपालिकाका मेयरले कुटे आफ्नै पीए, लाग्यो टाउकोमा चोट !

    शिखर नगरपालिकाका मेयरले कुटे आफ्नै पीए, लाग्यो टाउकोमा चोट !

    अनलाइन नेपाल
  • शुक्रबार, १ भाद्र २०८०
  • 1.2K
    SHARES

    डोटी । डोटीको शिखर नगरपालिकाका मेयर दीर्घ बहादुर बलायरले आफ्ना स्वकीय सचिवमाथि कुटपिट गरेका छन् ।

    केही समयदेखि बिग्रेर थन्किएको एम्बुलेन्स मर्मतको विषयलाई लिएर मेयर र उनका स्वकीय सचिव राजेश ठगुन्नाबीच विवाद उत्पन्न हुँदा कुटपिट भएको हो ।



    मेयर बलायरको कुटपिटबाट स्वकीय सचिव राजेश ठगुन्ना घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको बताइएको छ ।



    नाताले काका–भतिजा पर्ने उनीहरुबीच नगरपालिकाको गहनान क्षेत्रमा हात हालहाल भएको बताइएको छ। ठगुन्नालाई बिहीबार अस्पताल भर्ना गरिएको र साँझ नै उपचार गरेर घर फर्किसकेका बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार