Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • महेश बस्नेत सहभागि युवासंघको कार्यक्रममा कुटपिट, वडाध्यक्ष देवकोटा घाइते

    महेश बस्नेत सहभागि युवासंघको कार्यक्रममा कुटपिट, वडाध्यक्ष देवकोटा घाइते

    अनलाइन नेपाल
  • शनिबार, २७ साउन २०८०
  • 1.7K
    SHARES

    कञ्चनपुर । नेकपा एमालेको भ्रातृ संगनठन युवासंघ कञ्चनपुरको जिल्ला अधिवेशनमा आन्तरिक किचलोका कारण कुटपिट भएको छ ।

    शनिबार दिउँसो भएको विवाद चर्किएपछि भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि कुटपिट भएको हो ।



    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले राष्ट्रिय युवा संघ नेपालको आन्तरिक किचलोका कारण देवकोटामाथि कुटपिट जनाएको छ । अध्यक्ष देवकोटाको टाउकोमा चोट लागेको छ भने महाकाली प्रादेशिक अस्पतालले धनगढी रिफर गरेको छ । अध्यक्ष देवकोटामाथि हातपात गर्नेविरुद्ध उनकी श्रीमतीले जाहेरी दिएकी छन् ।



    तर शनिबार भएका कारण जाहेरी दर्ता हुन नसकेको कञ्चनपुर प्रहरीले जनाएको छ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले शुक्रबार उद्घाटन गरेको कार्यक्रममा लफडा भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार