Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रहरीमा पुग्यो एमाले नेता महेश बस्नेतविरुद्धको बलात्कार उजुरी

    प्रहरीमा पुग्यो एमाले नेता महेश बस्नेतविरुद्धको बलात्कार उजुरी

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 693
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफूलाई बलात्कार गरेको र पटकपटक गर्भपतन गराएको भन्दै एक महिलाले प्रहरीमा जाहेरी दिएकी छन्।

    नेता बस्नेतविरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएको हो । एक युवतीले नेता बस्नेतलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएकी हुन् ।



    केहीसमय अघि पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन्। प्रहरीमा जाहेरी अघि नबढाएको भन्दै उनी सुरूमा सरकारी वकिल कार्यालय काठमाडौंमा गएकी थिइन्।



    पीडितले हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन् । बस्नेतमाथि २ महिना १५ दिनको भ्रूण हत्या गरेको पनि आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार