Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एमालेसँग निहु खोज्नेलाई नछाड्ने महेश बस्नेतको चेतावनी

    एमालेसँग निहु खोज्नेलाई नछाड्ने महेश बस्नेतको चेतावनी

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 372
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले कुशासनकाविरुद्ध र सुशासनका पक्षमा आफूहरूले थालेको आन्दोलन नरोकिने बताएका छन् ।

    तीनकुनेमा युवा संघको शक्ति प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् । उनले आफूहरुसंग निहु खोजेर आउने कसैलाई नछाड्ने चेतावनी दिए ।



    नेता बस्नेतले साम्राज्यवादीहरूका कारण नेपालमा अस्थिरता, कुशासन र भ्रष्टाचार मौलाइरहेको बताए । साथै उनले साम्राज्यवादीहरुले मुलुकलाई प्रयोगशाला बनाउन लागिएको बताए ।



    नेता बस्नेतले भने, ‘एमालेले समाज रुपान्तरणको अभियान चलाउने हो । हामी कसैलाई हस्तक्षेप गर्दैनौं । कसैको विरुद्ध कार्यक्रम गर्दैनौं । तर, हाम्रो कार्यक्रमविरुद्ध निहु खोजेर आउँछ भने हामी छाड्दैनौं । दुर्गा प्रसाईंको आजबाट हावा खुस्किएको छ । म चेतावनी दिन चाहन्छु भोलिदेखि ठीक ठाउँमा बस, अब हामी यो कार्यक्रम सात प्रदेशमा विस्तार गर्दैछौं ।’

    नेता बस्नेतले आजैबाट दुर्गा प्रसाईँ समाप्त भएको घोषणा समेत गरे । उनले प्रसाईँ बौलाएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई उपचार गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।

    उनले प्रसाईँमाथि बैंक ठगेको र राजश्व छलेको आरोपमा गिरफ्तार गर्न समेत सरकारलाई आग्रह गरे । उनले आफ्नो कार्यक्रम बाघ र दुर्गा प्रसाईँको कार्यक्रम कुकुरजस्तो भएको प्रमाणित भएको भन्दै भोलिदेखि ठिक ठाउँमा बस्न चेतावनी दिए । उनले प्रसाईँलाई पूर्व राजाको भूतको संज्ञा दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार