Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१० हजार घुससहित घरेलुका कार्यालय सहयोगी पक्राउ

वीरगञ्ज । घरेलु तथा साना उद्योग कार्यालय बाराका सहयोगी १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले करारमा कार्यरत कार्यालय सहयोगी खेमराज चौधरीलाई नियन्त्रणमा लिएको हो ।

होटल सञ्चालनका लागि अनुमति पत्र बनाइदिने बहानामा सेवाग्राहीसँग चौधरीले १० हजार रुपैयाँ घुस लिएको अख्तियारको कार्यालय हेटौंडाका सूचना अधिकारी शिवराज रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077