Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विवाह भएको पाँच दिनमै युवतीद्वारा आत्महत्या

काठमाडौं । काठमाडौंको कोटेश्वरमा एक महिलाले बुधबार बिहान आत्महत्या गरेकी छिन् ।

पाँच दिनअघि मात्र विवाह गरेकी २६ वर्षीया निर्जला भण्डारीले छतबाट हाम फालेर अ‌ात्महत्‍या गरेको प्रहरीले जनाएको छ।

घटनालगत्तै निर्जलालाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

बुढानिलकण्ठ नगरपालिकाकी निर्जलाको असार १३ गते कोटेश्वरका पराजुली थरका युवकसँग विवाह भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077