Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लिभिङ टुगेदरमा बस्दै आएका जोडीद्वारा एउटै पासोमा झुण्डिएर आत्महत्या !

काठमाडौँ । कोरोना भाइरसको रोकथाम गर्न सरकारले लकडाउनलाई जारी राखेको बेला थरी थरीका घटना घट्न थालेका छन्।

पेप्सिकोलामा बस्दै आएका एक जोडी एउटै पासोमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका छ्न् ।

पाँच महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएका जोडी आफ्नै फ्ल्याटमा एउटै पासोमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको महानगरिय प्रहरी वृत नयाँ बानेश्वरका डिएसपी दक्ष कुमार बस्नेतले बताए ।

३६ वर्षीय आदम मोहम्मद मुसलमान र २६ वर्षीय अस्मिता थापा एउटै पासोमा झुण्डिएर मृत अवस्थामा फेला परेका हुन ।

आदम महमद मुसलमानको घर ठेगाना खुल्न सकेको छैन भने अस्मिता भक्तपुरको बालकोट घर भएको खुलेको छ ।

घटनाको बारेमा  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077