Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओली लचिलो बन्ने संकेत, प्रचण्डलाई फकाउन ओली निकट नेताहरुको दौडधुप

    ओली लचिलो बन्ने संकेत, प्रचण्डलाई फकाउन ओली निकट नेताहरुको दौडधुप

    अनलाइन नेपाल
  • बिहिबार, १८ असार २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजिनामा दिन दबाब परेपछिओली निकट नेताहरुले सक्रियता जनाएका छन् ।

    नेकपाभित्र चर्किएको विवाद मिलाउन नेताहरु दौडधुपमा छन् । हिजो मात्र ललितपुरको झम्सिखेलस्थित अँगेनो रेष्टुरेन्टमा सम्पन्न बहुमतप्राप्त स्थायी समितिका सदस्यको भेलाले स्थायी समिति बैठकबाट प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजिनामाका लागि निर्देशन दिने निर्णय गरेको थियो



    अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता मावधकुमार नेपाललगायत नेताहरु जसरी पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने अभियानमा लागेपछि भेटघाट तिव्र भएको छ । यही क्रममा प्रचण्डलाई फकाउन ओली निकट नेताहरु प्रचण्ड निवास खुमलटार पुगेको छन् ।



    ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल लगायत नेताहरु प्रचण्ड निवास पुगेर छलफल थालेका छन् । ओलीले अब सरकार सञ्चालनमा आफु लचिलो हुने बताएका छन् ।

    ओली र प्रचण्डबीच बुधबार बालुवाटारमा पनि छुट्टा छुट्टै छलफल भएको थियो । तर, सहमति हुन सकेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार