Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • थप समस्यामा प्रधानमन्त्री ओली

    झम्सिखेल भेला: ओलीलाई प्रधानमन्त्री पदबाट राजिनामा गर्न लगाउने निर्णय

    झम्सिखेल भेला: ओलीलाई प्रधानमन्त्री पदबाट राजिनामा गर्न लगाउने निर्णय

    अनलाइन नेपाल
  • बुधबार, १७ असार २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता मावधकुमार नेपाल  समूहको भेलाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजिनामा दिन दबाब दिने निर्णय गरेको छ ।

    ललितपुरको झम्सिखेलस्थित अँगेनो रेष्टुरेन्टमा सम्पन्न बहुमतप्राप्त स्थायी समितिका सदस्यको भेलाले स्थायी समिति बैठकबाट प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजिनामाका लागि निर्देशन दिने निर्णय निकालिएको हो  ।



    भेलामा वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित ३० जना नेता सहभागी थिए । भेलामा पर्यटनमन्त्री योगेश भट्टराई भने थिएनन् ।



    भेलामा सरकारमा सहभागी प्रचण्ड र नेपालनिकट सबै मन्त्रीहरू सहभागी रहेको एक नेताले वताए। दाहाल नेपाल समूह ओलीलाई जसरी पनि प्रधानमन्त्री पदबाट राजीनामा गराउने तयारीका साथ अघि बढेका छन् ।

    तर ओली भने पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने अडानमा रहेको उनीनिकट नेताहरु बताउँछन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार