Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दाहाल-नेपाल समूहद्वारा प्रतिनिधि सभाको बैठक बोलाउन माग

    दाहाल-नेपाल समूहद्वारा प्रतिनिधि सभाको बैठक बोलाउन माग

    अनलाइन नेपाल
  • सोमबार, ६ पुष २०७७
  • 3.3K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूको भेलाले प्रतिनिधि सभाको बैठक बोलाउन माग गरेको छ।

    आज बानेश्वरमा सम्पन्न भेलाले नेपालको संविधानमा भएको प्रतिनिधि सभा विघटन गर्न नसकिने स्पष्ट व्यवस्थाको विपरीत भएकाे दावी गर्दै प्रधानमन्त्रीले जनमतको अपमान हुने गरी गरेको विघटनको सिफारिसलाई संविधानको संरक्षण गर्नुपर्ने राष्ट्रपतिले समेत सदर गरेपछि उनको कदमकोसमेत विरोध र अस्वीकार गरेको छ।



    त्यसैगरी, भेलाले प्रधानमन्त्रीको कदमका कारण उत्पन्न परिस्थितिकाबीच कम्युनिष्ट पार्टीको भविष्य रक्षा गर्न दृढतापूर्वक अघि बढ्ने संकल्प गरेको छ।



    भेलाले विघटनको विरुद्ध उभिन अन्य राजनीतिक दल तथा पार्टीका नेता कार्यकर्तालाईसमेत आग्रह समेत गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार