Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मन्त्रिपरिषद बैठक: अधिवेशन अन्त्य गर्ने निर्णय

    मन्त्रिपरिषद बैठक: अधिवेशन अन्त्य गर्ने निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, १८ असार २०७७
  • 4.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा बाेलाएकाे मन्त्रिपरिषद् बैठक सकिएकाे छ । बैठकले साँझ ५ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताएका छन् ।

    मन्त्रिपरिषद्को निर्णयपछि आजै राष्ट्रपतिले अधिवेशन अन्त्य भएको घोषणा गर्नेछिन् ।



    मन्त्रिपरिषद् बैठक बस्नुअघि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितलनिवासमा छलफल भएको थियो।



    झन्डै १ घन्टा राष्ट्रपतिसँग छलफल गरेपछि प्रधानमन्त्रीले बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार