Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

दुई विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले दुई विधेयक पारित गरेको छ ।

बिहिबारकाे बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पठाइएको ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७७ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव सदनमा सर्वसम्मतिबाट पारित भएको हो ।

त्यस्तै मन्त्री डा. खतिवडाले प्रस्तुत गरेको राष्ट्रियसभाबाट पारित गरी प्रतिनिधिसभामा पठाइएको ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७६ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव पनि सदनमा सर्वसम्मतिबाट पारित भएको छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्बाङले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ सभासमक्ष पेश गरेका छन् ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विनियोजन विधेयक २०७७, आर्थिक विधेयक २०७७, राष्ट्र ऋण उठाउने विधेयक २०७७, ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक २०७७ र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २०७७ प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077