Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१९ वर्षीय युवतीद्वारा फेसबुक लाइभ गरेर आत्महत्या

चितवन । चितवनमा एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी छन् । भरतपुर महानगरपालिका–१० स्याउलीबजारमा शनिबार एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कोठा भाडामा लिएर बसेकी १९ बर्षिय विद्या पाण्डेले फेसबुकमै लाइभ गरेर आत्महत्या गरेकी हुन् ।

उनको स्थाइ ठेगाना भरतपुर २४ रहेको प्रहरीले जनाएको छ । मृतकको कोठाबाट लागूऔषध सिरिन्ज बरामद गरिएको थियो ।

दुई वर्ष अगाडि चितवनको कालिका नगरपालिका वडा नम्बर ७ सगुन टोलस्थित एक युवाले पनि फेसबुक लाइभ गरेर आत्महत्या गरेका थिए ।

यस्तै केही दिनअघि दाङमा पनि एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077