Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तीनकुने र नख्खुको २२८ नमुनाको रिपोर्ट नेगेटिभ : मन्त्रालय

काठमाडौं । समुदायमा कोरोना भाइरस संक्रमण फैलिएको सत्य तथ्य पत्ता लगाउन सरकारले सुरु गरेको परीक्षणका क्रममा काठमाडौंको तीनकुने र नख्खु क्षेत्रको नमुनामा संक्रमण नभएको पाइएको छ ।

काठमाडौं उपत्यकाको तीनकुने र नख्खु क्षेत्रको २२८ वटा नमुना लिएर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

समुदायमा कोरोना संक्रमण भएको वा नभएको पत्ता लगाउन काठमाडौं उपत्यकाको १० ठाउँबाट सर्वसाधारणको नमुना लिइएको छ । अन्य ठाउँको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

हालै गरिएको एक अध्ययनले काठमाडौंको ढलमा कोरोना भाइरस फैलाउने जीवाणु भेटिएको बताएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077