Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फेसबुक लाईभमा आत्महत्या प्रकरणबारे स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं । एक सातामा दुई महिलाले फेसबुक लाईभ गरेर आत्महत्या गरेको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चासो देखाएको छ ।

गत बिहिबार फेसबुक लाइभमा आएर दाङकी युवतीको आत्महत्या र चितवनमा त्यस्तै प्रकृतिको अर्को घटना भएपछि फेसबुक लाईभमा आत्महत्याको भिडियो र आत्महत्याबारे मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो ।

मन्त्रालयले एक हप्तामा २ जना महिलाले आत्महत्या गर्दा फेसबुकमा लाईभ गरेको र उनीहरुको भिडियोले आत्महत्यालाई प्रेरित गर्ने र बालबालिकाको दिमागलाई नकारात्मक असर गर्ने भएकोले यस्ता भिडियोहरुको कसैले पनि सेयर नगर्न र फेसबुकलाई तत्काल रिपोर्ट गर्न अनुरोध गरेको छ ।

दाङको तुलसीपुर उपमहानगर वडा नम्बर ५ रानीजरूवाकी एक युवतिले बिहिबार बिहान १ बजेर २५ मिनेटमा फेसबुक लाइभमा आएर पासो लगाएर आत्महत्या गरेकी थिइन् । सोही प्रकृतिको घटना चितवनमा पनि भयो ।

उनीहरुको आत्महत्याको भिडियो क्लिप्स विभिन्न युट्युब र सामाजिक सञ्जालमा सेयर भईरहेका छन् । मन्त्रालयले ‘आत्महत्या समस्याको समाधान नभएको कारण आफूजस्तै समस्याबाट अरु धेरैजना गुज्रिएका छन् भनेर सोचर यस्तो गलत बाटोमा नलाग्न’ पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077