Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

'एक घर, एक पीसीआर टेस्ट' सहितको संकल्प प्रस्ताव दर्ता

कास्की । गण्डकी प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी काम गर्न एक घर, एक पीसीआर टेष्टको व्यवस्था गर्न कांग्रेसले माग गरेको छ ।

प्रदेश सरकारलाई दबाब दिन भन्दै नेपाली कांग्रेसका सांसदले मंगलबार प्रदेश सभामा संकल्प प्रस्ताव दर्ता गरेका छन् । नेपाली कांग्रेसका सांसद्हरु कुमार खड्का, मेखलाल श्रेष्ठ र सरिता गुरुङले प्रदेशसभा नियमावलीको नियम ८५ को १ अनुसार संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।

‘कोरोना रोकथाम, नियन्त्रण र उपचारमा गण्डकी प्रदेश सरकारले गम्भीर ढंगले लिन सकेन । मुख्य ४ वटा विषय राखेर संकल्प प्रस्ताव पेश गरेका छौं,’ सांसद खड्काले भने ।

गण्डकी प्रदेशभरि एक घर, एक पीसीआर टेष्टको व्यवस्था हुने गरी तत्कालै प्रक्रिया अघि बढाउनुपर्ने प्रस्तावमा उल्लेख छ । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तय गरेको मापदण्ड अनुसारको क्वारेन्टिनको व्यवस्था तत्काल गर्नुपर्ने, स्वास्थ्यकर्मी, भेन्टिलेटरलगायतका आवश्यक स्वास्थ्य उपकरणयुक्त आईसीयू र आइसोलेसन कक्षको व्यवस्था गर्नुपर्ने मागसहित प्रस्ताव पेश गरिएको छ ।

संकल्प प्रस्तावमा प्रत्येक जिल्लामा कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न स्थान तोक्ने प्रस्ताव सांसदहरुले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077