Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तोकेका अस्पतालबाहेकले कोरोना परीक्षणको शुल्क लिए कारबाही हुने

    तोकेका अस्पतालबाहेकले कोरोना परीक्षणको शुल्क लिए कारबाही हुने

    अनलाइन नेपाल
  • बुधबार, २४ असार २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । सरकारले तोकेका अस्पतालबाहेक अन्यले कोरोना परीक्षणको शुल्क लिए कारबाही हुने भएको छ ।

    केही अस्पतालले स्थानीय तहसँग कोरोनाको पीसीआर परीक्षण शुल्क माग गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै कारबाही गर्ने चेतावनी दिएको हो ।



    नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले कोरोनाको पीसीआर परीक्षणको खर्च सरकारले गरिरहेको बताउँदै यदि कुनै पनि निकायले शुल्क लिइएको पाइए नियमानुसार कारबाही गरिने बतााए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार