Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अव वैदेशिक रोजगारमा जाने श्रमिकको पीसीआर परीक्षण निःशुल्क

    अव वैदेशिक रोजगारमा जाने श्रमिकको पीसीआर परीक्षण निःशुल्क

    अनलाइन नेपाल
  • शनिबार, १४ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले वैदेशिक रोजगारमा जाने सबै श्रमिकको कोरोना भाइरसको पीसीआर परीक्षण निःशुल्क गर्ने भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो ।



    सरकारीअन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको पीसीआर परीक्षण निःशुल्क हुनेछ ।



    यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८०० शुल्क तिर्नुपर्ने हुन्थ्यो । पीसीआर परीक्षण गर्न वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेश गर्नुपर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार