Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • श्रम मन्त्रालयमा बेथिति : मन्त्री र सचिवलाई दिन भन्दै १०–१० लाख उठाइएको आरोप

    श्रम मन्त्रालयमा बेथिति : मन्त्री र सचिवलाई दिन भन्दै १०–१० लाख उठाइएको आरोप

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 390
    SHARES

    काठमाडौं । वैदेशिक रोजगारमा जाने श्रमिकसँग लिने सेवा शुल्क वृद्धि गर्न आवश्यक वातावरण मिलाउने भन्दै विभिन्न म्यानपावर कम्पनीसँग १० लाख रुपियाँका दरले रकम उठाउन थालिएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी तथा सचिव केवल भण्डारीलगायतलाई रकम दिनुपर्ने भन्दै मन्त्री निकट केही व्यक्तिहरूले प्रतिम्यानपावर कम्पनी १० लाख रुपियाँसम्म रकम उठाउन थालेको नाम उल्लेख नगर्ने सर्तमा एक म्यानपावर कम्पनीका सञ्चालकले नेपाल समाचारपत्रलाई बताए।



    मन्त्री र सचिवकै निर्देशनमा ती व्यक्तिले १०–१० लाख रुपियाँ गोप्य रूपमा उठाउन थालेको स्रोतको दाबी छ। मन्त्री र सचिवकै रुचिअनुसार पैसा उठाइएको भन्दै उनीहरूमाथि आर्थिक चलखेल गरेको आरोप लागेको छ।



    हाल सक्रिय अवस्थामा रहेका झन्डै २ सय म्यानपावर कम्पनीसँग पैसा उठाउने लक्ष्य सो समूहले राखेको स्रोतले जानकारी दिएको छ। यस हिसाबले २ सय म्यानपावर कम्पनीसँग १० लाख रुपियाँका दरले उठाउँदा २० करोड रुपियाँ हुन आउँछ।

    स्रोतका अनुसार मन्त्री भण्डारीको सचिवालयका केही व्यक्तिहरू तथा अन्य मन्त्री निकट व्यक्तिले म्यानपावर कम्पनीसँग धमाधम ५ देखि १० लाखसम्म उठाइरहेका छन्।

    अहिले विदेश जाने श्रमिकसँग म्यानपावर कम्पनीले सेवा शुल्कबापत १० हजार रुपियाँसम्म लिँदै आएकोमा मन्त्रालयले त्यसलाई बढाएर ३० देखि ५० हजारसम्म पुर्‍याउने तयारी गरेको स्रोतले जनाएको छ। नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार