Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • अब विदेश गएका श्रमिकको मुत्यु भएमा परिवारले १५ लाख पाउने

    अब विदेश गएका श्रमिकको मुत्यु भएमा परिवारले १५ लाख पाउने

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 663
    SHARES

    काठमाडौं । वैदेशिक रोजगारलाई सुरक्षित तथा व्यवस्थित बनाउन श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार बोर्डमार्फत श्रमिकले पाउने सेवा सुविधामा वृद्धि गरेको छ ।

    वैदेशिक रोजगारीमा श्रम गर्न जाने श्रमिकहरू विदेशमा नै मृत्यु वा अंगभंग भएमा वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको हो ।



    मन्त्रालयद्वारा बुधबार आयोजित ‘वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारसँग छलफल’ कार्यक्रममा सहसचिव राजीव पोखरेलले वैदेशिक रोजगार व्यवस्थापन तथा मन्त्रालयबाट भए गरेका कामलाई प्रभावकारी बनाउनेबारे पछिल्लो समयमा गरेको प्रयासका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै वैदेशिक रोजगार बोर्डमार्फत श्रमिकले पाउने सेवा सुविधामा वृद्धि भएको जानकारी दिए ।



    सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई विसं २०६७ सालमा दिने सुविधा अहिले समयअनकुल नभएको भन्दै वृद्धि गर्ने वैदेशिक रोजगार बोर्डले निर्णय गरेको उनले बताए । वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको विदेशमा नै मुत्यु भएमा दिने ७ लाखलाई वृद्धि गरी १५ लाख पुर्याउने तयारी रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार