Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डब्लुएचओमा जागिर लगाईदिने भन्दै लाखौं रुपैयाँ ठग्ने पक्राउ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा जागिर लगाईदिन्छु भन्दै ठगी गर्ने बिजय पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वी नवलपरासी, देउचुली नगरपालिका वडा नम्बर १५ प्रगतीनगरका ३४ बर्षीय पाण्डेलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

अभियुक्त पाण्डेले विभिन्न प्रलोभनमा पारी धन बहादुर बिष्टले काठमाण्डौको शंखमुलमा सञ्चालन गरेको फर्निचर पसलबाट १८ लाखको फर्निचर लिन्छु भनि विश्वास दिलाई फर्निचर पसल सञ्चालक बिष्टबाट ५० हजार रुपैयाँ र चितवनको भरतपुर महानगरपालिकाका निशानबाबु घिमिरेलाई विश्व स्वास्थ्य संगठनको कार्यालय ललितपुरमा जागिर लगाई दिने विश्वास दिलाई ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

यस्तै अछाम तुर्माखाँद घर भएकी रञ्जु बुढालाई १ बर्षसम्म नक्कली कार्यालयमा काम लगाई तलब नदिई ठगी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यस्तै नवलपरासीका दिपक खनाल, धन बहादुर क्षेत्री, मनाङ घर भएका कासी गुरुङ, एकिन ठेगाना नखुलेका सरिता भण्डारी, रमा घिमिरे समेतका ब्यक्तिहरुलाई पनि जागिर लगाउने लगायतका प्रलोभनमा पारी ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077