Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • प्रधानसेनापतिले हेडक्वार्टर पुगेरै बधाई दिए आईजीपी क्षेत्रीलाई

    प्रधानसेनापतिले हेडक्वार्टर पुगेरै बधाई दिए आईजीपी क्षेत्रीलाई

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपि) शैलेश थापा क्षेत्रीलाई बधाई एवम् सफल कार्यकालको शुभकामना दिएका छन् ।

    प्रहरी प्रधान कार्यालय नक्साल पुगेर प्रधानसेनापति थापाले शुक्रबार महानिरीक्षक थापा क्षेत्रीलाई सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाइ दिएका हुन ।



    भेटघाटकामा प्रधानसेनापति थापा र महानिरीक्षक थापा क्षेत्रीबीच दुबै संगठनबीच आपसी हित, सहकार्य र समन्वयका विषयमा छलफल भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    प्रधानसेनापति थापाले महानिरीक्षक थापा क्षेत्रीलाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रुपमा रहेको राष्ट्रिय हतियार खुकुरी समेत प्रदान गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार