Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • म्यानपावर नवीकरण सहज बनाउन सरकारलाई निर्देशन

    म्यानपावर नवीकरण सहज बनाउन सरकारलाई निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 2.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले म्यानपावर कम्पनी नवीकरणमा सहजीकरण गरिदिन सरकारलाई निर्देशन दिएको छ ।

    शुक्रबार म्यानपावर व्यावसायी र श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव लगायतसँग छलफल गरी समितिको तीन सदस्यीय टोलीले शुक्रबार नै म्यानपावर कम्पनी नवीकरणमा सहजीकरण गरिदिन सरकारलाई निर्देशन निर्देशन दिएको हो ।



    पछिल्लो दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तीमा सय कामदार पठाएको प्रमाणित नभए इजाजत नवीकरण नहुने व्यवस्था सरकारले गरेको छ । यो व्यवस्थाको म्यानपावर व्यवसायीले विरोध गर्दै आएका छन् । श्रम, रोजगार मन्त्रालयका अनुसार यही असार मसान्तसम्म म्यानपावर कम्पनीले नवीकरण गरिसक्नुपर्ने हुन्छ ।



    अब चार दिन मात्रै बाँकी रहेको भन्दै समितिले म्यानपावर व्यावसायीहरुको माग अनुसार म्यानपावर कम्पनी नवीकरणमा सहजीकरण गरिदिन निर्देशन दिएको समिति सदस्य अभिषेकप्रताप शाहले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार