Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • युट्यूवर र अभियन्तामाथि कुटपिट गर्ने म्यानपावर संचालक पक्राउ

    युट्यूवर र अभियन्तामाथि कुटपिट गर्ने म्यानपावर संचालक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौँको सामाखुसीमा रहेको ट्रिपल स्टार म्यानपावर कम्पनीका संचालक भीम गुरुङ पक्राउ परेका छन् ।

    गुरुङलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ले विहीबार पक्राउ गरेको हो ।



    गुरुङले यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा यूएई पठाइ अलपत्र पारेको भन्ने उजुरी परेको थियो । सोही उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको हो ।



    गुरुङले आफ्नो विपक्षमा बोल्न खोजेको भन्दै युट्यूवर र अभियन्तामाथि कार्यालयभित्रै कुटपिट गरेको भिडियो समेत सार्वजनिक भएको थियो ।

    पक्राउ परेका गुरुङलाई थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा लगिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार