Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तीन म्यानपावर कम्पनी ६ महिना निलम्बित

    तीन म्यानपावर कम्पनी ६ महिना निलम्बित

    अनलाइन नेपाल
  • आइतबार, २१ मंसिर २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कतारको प्रहरी सेवामा पठाउने भन्दै अवैध रूपमा अन्तर्वार्ता गर्ने तीन ठूला म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले ६ महिना निलम्बन गरेको छ । एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनल म्यानपावर निलम्बनमा परेका हुन् । अब यी कम्पनीले निलम्बन फुकुवा नभएसम्म वैदेशिक रोजगारीका लागि कुनै पनि देशमा श्रमिक पठाउन नपाउने विभागले जनाएको छ ।

    यी कम्पनीले श्रमिक भर्ना प्रक्रिया नै उल्लंघन गरी कतार प्रहरीमा जान इच्छुक नेपालीको अन्तर्वार्ता अगाडि बढाएका थिए । आफ्ना एजेन्टमार्फत अन्तर्वार्ताका लागि गोप्य भर्ती गर्न युवालाई भेला गरिएको थियो । उनीहरूले भेला गरेका युवाको अन्तर्वार्ता लिन कतारको आन्तरिक मन्त्रालयको मानव संसाधन विभागका उच्च अधिकारी काठमाडौं आएका थिए । विभागको टोलीले छापा मार्दा होप इन्टरनेसनलमा अन्तर्वार्ता लिइरहेका बेला कतारी अधिकारीहरूसमेत फेला परेका थिए । कारबाहीमा परेका म्यानपावर कम्पनीका सञ्चालकहरूसँग बयान लिइने भएको छ ।



    विभागका अधिकृत कुशल बरालले ती म्यानपावरको बयान कार्य आइतबारबाट सुरु गर्ने बताए । म्यानपावर कम्पनीले पेस गरेको लिखित जवाफ चित्त नबुझेपछि बयान लिन लागिएको हो । गत वर्षको पुसमा यी तीनवटै म्यानपावर कम्पनीले गोप्य रूपमा एक सय ७९ जना नेपालीलाई कतारी प्रहरीमा भर्ती गरेका थिए । त्यतिखेर यी म्यानपावरले भर्ती हुने युवासँग ८ देखि १२ लाख रुपैयाँसम्म असुल गरेको खुलेको थियो ।



    वैदेशिक रोजगार ऐनअनुसार भर्नालाई पारदर्शी बनाउनका लागि सार्वजनिक सूचना जारी गर्नु अनिवार्य छ । नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरण गरी विभागबाट पूर्वस्वीकृति लिई दैनिक पत्रिकामा सूचना जारी भएको सात दिनपछि मात्रै तोकिएको दिन अन्तर्वार्ता गर्नुपर्छ । कान्तिपुर दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार