Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सुस्मिताका ससुरासहित चारै जना पुर्पक्षका लागि कारागार चलान

मकवानपुर । जिल्ला अदालत मकवानपुरले सुस्मिता क्षेत्रीको हत्या आरोपमा पक्राउ परेका उनका ससुरासहित चार जनालाई पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाका अनुसार बुधबार सुस्मिताका ससुरा प्रकाश थापा, सासू तुलसा थापा, आमाजु दुर्गा थापा कार्की र नन्द सीता थापालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।

उनका अनुसार ससुरा प्रकाश थापालाई भीमफेदीको कारागारमा लगिनेछ। अन्य तीन महिलालाई चितवनको कारागारमा लग्ने तयारी भएको छ।

सुस्मिताको असार २ गते हत्या भएको थियो। उनीहरूले छिमेकीलाई आत्महत्या गरेको बताए पनि अनुसन्धानबाट हत्या गरेको देखिएपछि प्रहरीले चारै जनालाई पक्राउ गरेको थियो।

सुस्मिताकी श्रीमान रूपेन्द्र थापाको असोज २३ गते नवलपरासीबाट हेटौंडा फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका थिए। त्यसपछि सासू–ससुराले आफ्ना छोरालाई बुहारीले खाएको आरोप लगाएका थिए। त्यसकै बीचमा ससुरा प्रकाश थापाले सुस्मितालाई बलात्कारको प्रयास समेत गरेका थिए।

रूपेन्द्र सवारी दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्तिवापत पाएको पाँच लाख रुपैयाँ सुस्मिताले नभई सासू ससुराले पाउनुपर्ने भन्दै विवाद गरेका थिए।

त्यस्तै रूपेन्द्रले काम गर्ने क्लोजर सिस्टम इन्टरनेशनल नेपालबाट पाइने बिमा, बोनस, तलब भत्ताको बाँकी रकम ३८ लाख २८ हजार भुक्तानी लिने विषयमा हकवालाहरू बाबु प्रकाश थापा, आमा तुलसा कुमारी थापा र सुस्मिता क्षेत्री थापाबीच विवादका कारण उक्त रकम भुक्तानी हुन सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077